FAQs Complain Problems

बाह्रदशी गाउँपालिकाकाे परिचय

बाह्रदशी गाउँपालिका कोशी प्रदेश  मेची अञ्चल झापा जिल्ला को दक्षािणा भेगमा अवस्थित रहेकाे छ। नेपाल सरकारकाे पछिल्लाे राज्य पनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ , चकचकी र डागिबारी लाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरणा गरिएकाे हाे । यसकाे भाैगाेलिक अवस्थालाई हेर्दा दिक्षाणा मा कचनकवल गाउँपालिका पूर्वमा हेर्दा हल्दिवारी गाउँपालिका उत्तरमा विर्तामोड र  कनकाई नगरपालिका र पश्चिम मा हेर्दा झापा गाउँपालिकाकाे समथल भुमिसँग जाेडिएकाे छ । यस गाउँपालिका समुन्द्र सतहबाट ७७ मिटर देखी १२३  मिटर सम्मकाे उचाईमा अवस्थित  छ ।  यस गाउँपालिका काे कुल क्षेत्रफल  80.04 km2 रहेकाे छ भने कुल जनस‌ख्या ३९६२२ रहेको छ  । याे गाउँपालिका ७ वटा वडामा विभाजन भएकाे छ । जसमा दिक्षाण तिर राजगढ (वडा नं १,२,३) रहेका छन् भने मध्ये भागमा चकचकी (वडा नं ४,५ ) रहेका छन् त्यसै गरी उत्तरी भागमा डागिबारी (वाडा नं ६,७) रहेका छन् । यस गाउँपालिका  भित्र विभिन्न जातजाति र  विभिन्न धर्म सम्प्रदायका मानिसहरुकाे बसोबास रहेकाे छ । दक्षािण भागमा आदिवासि जनजातिकाे बाहुल्यता रहेकाे छ भने मध्य र उत्तरी भागमा अन्य जातिकाे बाहुल्यता रहेकाे छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशमा आवद्ध छन् भने केहि जनसंख्या व्यपार व्यसायमा पनि आवद्ध छन् । यस गाउँपालिकाकाे दक्षािणा भेगमा राजगढ बजार रहेकाे छ भने मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डागिबारी बजार रहेकाे छ । यस गाउँपालिका भित्र जम्मा १६ वटा सामुदायीक र १३ वटा संस्थागत  विद्ययालय रहेका छन् भने ५ वटा स्वास्थ चाैकीहरु रहेका छन्  । यस गाउँपालिका भित्र अवस्थित सामुदायीक र संस्थागत विद्यालयहरुले यस गाउँपालिका भित्रका बालबालिकाहरुलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएकाे छ भने यहाँ अवस्थित स्वस्थ चाैकीहरुले स्थानिय बासिलाई सर्वसुलभ तरिकाले ‍औषाधि उपचारकाे व्यवस्था गरेकाे छ  ।  यस गाउँपालिकाकाे यातायत गुरुयाेजनाले यस गाउँपालिका भित्र ३२५ वटा सडक खण्डहरु पिहचान गरेकाे छ । गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य राजमार्ग खण्ड सहित यस याेजनाले पहिचान गरेका कुल सडकहरु अन्तरगत ए क्लास ३१ कि‍मी , बि क्लास  ५२ किमी , सि क्लास ५३  किमी र डी क्लास २४८ किमी रहेकाे छ भने पहिचान गरेकाे कुल लम्वाई ३८४ किमी रहेकाे छ , जसमध्ये ६ किमी कालाे पत्राे , १२४ किमी ग्राबभेल र २५३ किमी धुले/कच्ची सडकहरु रहेका छन् ।   औद्याैगिक क्षेत्र हेर्ने हाे भने यहाँ घरेलु तथा साना उद्याेगहरु भने ज्यादै न्यून रहेकाे पाईन्छ ।