FAQs Complain Problems

सूचना

बाह्रदशी गाउँपालिकाको परिचय

बाह्रदशी गाउँपालिका कोशी प्रदेश, मेची अञ्चल, झापा जिल्लाको दक्षिणी भेगमा अवस्थित एक सुन्दर र सम्भावनायुक्त स्थानीय तह हो। नेपाल सरकारको पछिल्लो राज्य पुनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरू राजगढ, चकचकी र डाँगीबारी लाई समावेश गरी यस गाउँपालिकाको नामकरण गरिएको हो।

यस गाउँपालिकाको मुख्य लक्ष्य शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासको माध्यमबाट स्थानीय नागरिकको जीवनस्तर उकास्नु र एक 'समृद्ध बाह्रदशी' निर्माण गर्नु हो।

भौगोलिक अवस्थिति र विवरण

समुन्द्र सतहबाट ७७ मिटरको उचाइमा रहेको यस गाउँपालिकाको समतल भूमि कृषि उत्पादनका लागि अत्यन्तै उर्वर मानिन्छ। यसको कुल क्षेत्रफल ७८.४४ वर्ग कि.मी. रहेको छ।

सिमाना

  • उत्तर: विर्तामोड र कनकाई न.पा.
  • दक्षिण: कचनकवल गाउँपालिका
  • पूर्व: हल्दिबारी गाउँपालिका
  • पश्चिम: झापा गाउँपालिका

जनसांख्यिकीय विवरण

  • कुल जनसंख्या: ३७,९४६
  • जम्मा वडा: ७ वटा
  • मुख्य पेशा: कृषि र व्यापार

पूर्वाधार र सुविधाहरू

  • विद्यालय: ३० वटा (सामुदायिक र संस्थागत)
  • स्वास्थ्य संस्था: ८ वटा
  • सडक खण्ड: ३२५ वटा (गुरुयोजना अनुसार)

सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था

यस गाउँपालिकाभित्र विभिन्न धर्म, संस्कृति र सम्प्रदायका मानिसहरूको सौहार्दपूर्ण बसोबास रहेको छ। दक्षिणी भागमा विशेष गरी आदिवासी जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भागमा मिश्रित जातिको बसोबास छ। यहाँका अधिकांश नागरिक कृषि पेशामा आबद्ध छन्। धान, मकै, गहुँ र तोरी यहाँका मुख्य बाली हुन्। पछिल्लो समयमा व्यावसायिक तरकारी खेती र पशुपालनमा पनि आकर्षण बढेको छ।

यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरू निम्न अनुसार छन्:

  • राजगढ बजार: गाउँपालिकाको दक्षिण भेगको प्रमुख व्यापारिक केन्द्र।
  • चकचकी बजार: गाउँपालिकाको मध्य भागमा रहेको बजार।
  • डाँगीबारी बजार: उत्तरी भेगको मुख्य बजार।

वडागत विस्तृत विवरण

यस गाउँपालिकालाई प्रशासनिक सहजताका लागि ७ वटा वडामा विभाजन गरिएको छ। जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ:

वडा नं. समावेश साविक गाविसहरू क्षेत्रफल (वर्ग कि.मी.) जनसंख्या विशेषता / अवस्थिति
१ राजगढ (१, २, ९) ९.४२ ४,५५१ दक्षिणी भाग (हिमाली राजमार्गले जोडेको)
२ राजगढ (३, ४, ५) १४.८१ ६,२६४ दक्षिणी भाग
३ राजगढ (६, ७, ८) ११.०३ ६,७४२ दक्षिणी भाग
४ चकचकी (१, ३, ८, ९) ८.२२ ४,४४८ मध्य भाग
५ चकचकी (४, ५, ६, ७) १३.७७ ७,३०७ मध्य भाग
६ डाँगीबारी (६, ७, ८) १२.३३ ५,३६० उत्तरी भाग
७ डांगीवारी (१-४, ५, ९) ८.८७ ३,२७४ सबैभन्दा उत्तरी भाग
//