सूचना
बाह्रदशी गाउँपालिकाको परिचय
बाह्रदशी गाउँपालिका कोशी प्रदेश, मेची अञ्चल, झापा जिल्लाको दक्षिणी भेगमा अवस्थित एक सुन्दर र सम्भावनायुक्त स्थानीय तह हो। नेपाल सरकारको पछिल्लो राज्य पुनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरू राजगढ, चकचकी र डाँगीबारी लाई समावेश गरी यस गाउँपालिकाको नामकरण गरिएको हो।
भौगोलिक अवस्थिति र विवरण
समुन्द्र सतहबाट ७७ मिटरको उचाइमा रहेको यस गाउँपालिकाको समतल भूमि कृषि उत्पादनका लागि अत्यन्तै उर्वर मानिन्छ। यसको कुल क्षेत्रफल ७८.४४ वर्ग कि.मी. रहेको छ।
सिमाना
- उत्तर: विर्तामोड र कनकाई न.पा.
- दक्षिण: कचनकवल गाउँपालिका
- पूर्व: हल्दिबारी गाउँपालिका
- पश्चिम: झापा गाउँपालिका
जनसांख्यिकीय विवरण
- कुल जनसंख्या: ३७,९४६
- जम्मा वडा: ७ वटा
- मुख्य पेशा: कृषि र व्यापार
पूर्वाधार र सुविधाहरू
- विद्यालय: ३० वटा (सामुदायिक र संस्थागत)
- स्वास्थ्य संस्था: ८ वटा
- सडक खण्ड: ३२५ वटा (गुरुयोजना अनुसार)
सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था
यस गाउँपालिकाभित्र विभिन्न धर्म, संस्कृति र सम्प्रदायका मानिसहरूको सौहार्दपूर्ण बसोबास रहेको छ। दक्षिणी भागमा विशेष गरी आदिवासी जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भागमा मिश्रित जातिको बसोबास छ। यहाँका अधिकांश नागरिक कृषि पेशामा आबद्ध छन्। धान, मकै, गहुँ र तोरी यहाँका मुख्य बाली हुन्। पछिल्लो समयमा व्यावसायिक तरकारी खेती र पशुपालनमा पनि आकर्षण बढेको छ।
यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरू निम्न अनुसार छन्:
- राजगढ बजार: गाउँपालिकाको दक्षिण भेगको प्रमुख व्यापारिक केन्द्र।
- चकचकी बजार: गाउँपालिकाको मध्य भागमा रहेको बजार।
- डाँगीबारी बजार: उत्तरी भेगको मुख्य बजार।
वडागत विस्तृत विवरण
यस गाउँपालिकालाई प्रशासनिक सहजताका लागि ७ वटा वडामा विभाजन गरिएको छ। जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ:
| वडा नं. | समावेश साविक गाविसहरू | क्षेत्रफल (वर्ग कि.मी.) | जनसंख्या | विशेषता / अवस्थिति |
|---|---|---|---|---|
| १ | राजगढ (१, २, ९) | ९.४२ | ४,५५१ | दक्षिणी भाग (हिमाली राजमार्गले जोडेको) |
| २ | राजगढ (३, ४, ५) | १४.८१ | ६,२६४ | दक्षिणी भाग |
| ३ | राजगढ (६, ७, ८) | ११.०३ | ६,७४२ | दक्षिणी भाग |
| ४ | चकचकी (१, ३, ८, ९) | ८.२२ | ४,४४८ | मध्य भाग |
| ५ | चकचकी (४, ५, ६, ७) | १३.७७ | ७,३०७ | मध्य भाग |
| ६ | डाँगीबारी (६, ७, ८) | १२.३३ | ५,३६० | उत्तरी भाग |
| ७ | डांगीवारी (१-४, ५, ९) | ८.८७ | ३,२७४ | सबैभन्दा उत्तरी भाग |