FAQs Complain Problems

बाह्रदशी गाउँपालिकाको परिचय

बाह्रदशी गाउँपालिका कोशी प्रदेश, मेची अञ्चल, झापा जिल्लाको दक्षिणी भेगमा अवस्थित एक सुन्दर र सम्भावनायुक्त स्थानीय तह हो। नेपाल सरकारको पछिल्लो राज्य पुनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरू राजगढ, चकचकी र डाँगीबारी लाई समावेश गरी यस गाउँपालिकाको नामकरण गरिएको हो।

यस गाउँपालिकाको मुख्य लक्ष्य शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासको माध्यमबाट स्थानीय नागरिकको जीवनस्तर उकास्नु र एक 'समृद्ध बाह्रदशी' निर्माण गर्नु हो।

भौगोलिक अवस्थिति र विवरण

समुन्द्र सतहबाट ७७ मिटरको उचाइमा रहेको यस गाउँपालिकाको समतल भूमि कृषि उत्पादनका लागि अत्यन्तै उर्वर मानिन्छ। यसको कुल क्षेत्रफल ७८.४४ वर्ग कि.मी. रहेको छ।

सिमाना

  • उत्तर: विर्तामोड र कनकाई न.पा.
  • दक्षिण: कचनकवल गाउँपालिका
  • पूर्व: हल्दिबारी गाउँपालिका
  • पश्चिम: झापा गाउँपालिका

जनसांख्यिकीय विवरण

  • कुल जनसंख्या: ३७,९४६
  • जम्मा वडा: ७ वटा
  • मुख्य पेशा: कृषि र व्यापार

पूर्वाधार र सुविधाहरू

  • विद्यालय: ३० वटा (सामुदायिक र संस्थागत)
  • स्वास्थ्य संस्था: ८ वटा
  • सडक खण्ड: ३२५ वटा (गुरुयोजना अनुसार)

सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था

यस गाउँपालिकाभित्र विभिन्न धर्म, संस्कृति र सम्प्रदायका मानिसहरूको सौहार्दपूर्ण बसोबास रहेको छ। दक्षिणी भागमा विशेष गरी आदिवासी जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भागमा मिश्रित जातिको बसोबास छ। यहाँका अधिकांश नागरिक कृषि पेशामा आबद्ध छन्। धान, मकै, गहुँ र तोरी यहाँका मुख्य बाली हुन्। पछिल्लो समयमा व्यावसायिक तरकारी खेती र पशुपालनमा पनि आकर्षण बढेको छ।

यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरू निम्न अनुसार छन्:

  • राजगढ बजार: गाउँपालिकाको दक्षिण भेगको प्रमुख व्यापारिक केन्द्र।
  • चकचकी बजार: गाउँपालिकाको मध्य भागमा रहेको बजार।
  • डाँगीबारी बजार: उत्तरी भेगको मुख्य बजार।

वडागत विस्तृत विवरण

यस गाउँपालिकालाई प्रशासनिक सहजताका लागि ७ वटा वडामा विभाजन गरिएको छ। जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ:

वडा नं. समावेश साविक गाविसहरू क्षेत्रफल (वर्ग कि.मी.) जनसंख्या विशेषता / अवस्थिति
राजगढ (१, २, ९) ९.४२ ४,५५१ दक्षिणी भाग (हिमाली राजमार्गले जोडेको)
राजगढ (३, ४, ५) १४.८१ ६,२६४ दक्षिणी भाग
राजगढ (६, ७, ८) ११.०३ ६,७४२ दक्षिणी भाग
चकचकी (१, ३, ८, ९) ८.२२ ४,४४८ मध्य भाग
चकचकी (४, ५, ६, ७) १३.७७ ७,३०७ मध्य भाग
डाँगीबारी (६, ७, ८) १२.३३ ५,३६० उत्तरी भाग
डांगीवारी (१-४, ५, ९) ८.८७ ३,२७४ सबैभन्दा उत्तरी भाग
//