समाचार
बाह्रदशी गाउँपालिकाकाे परिचय
बाह्रदशी गाउँपालिका कोशी प्रदेश मेची अञ्चल झापा जिल्ला को दक्षािणा भेगमा अवस्थित रहेकाे छ। नेपाल सरकारकाे पछिल्लाे राज्य पनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ , चकचकी र डागिबारी लाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरणा गरिएकाे हाे । यसकाे भाैगाेलिक अवस्थालाई हेर्दा दिक्षाणा मा कचनकवल गाउँपालिका पूर्वमा हेर्दा हल्दिवारी गाउँपालिका उत्तरमा विर्तामोड र कनकाई नगरपालिका र पश्चिम मा हेर्दा झापा गाउँपालिकाकाे समथल भुमिसँग जाेडिएकाे छ । यस गाउँपालिका समुन्द्र सतहबाट ७७ मिटर देखी १२३ मिटर सम्मकाे उचाईमा अवस्थित छ । यस गाउँपालिका काे कुल क्षेत्रफल 80.04 km2 रहेकाे छ भने कुल जनसख्या ३९६२२ रहेको छ । याे गाउँपालिका ७ वटा वडामा विभाजन भएकाे छ । जसमा दिक्षाण तिर राजगढ (वडा नं १,२,३) रहेका छन् भने मध्ये भागमा चकचकी (वडा नं ४,५ ) रहेका छन् त्यसै गरी उत्तरी भागमा डागिबारी (वाडा नं ६,७) रहेका छन् । यस गाउँपालिका भित्र विभिन्न जातजाति र विभिन्न धर्म सम्प्रदायका मानिसहरुकाे बसोबास रहेकाे छ । दक्षािण भागमा आदिवासि जनजातिकाे बाहुल्यता रहेकाे छ भने मध्य र उत्तरी भागमा अन्य जातिकाे बाहुल्यता रहेकाे छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशमा आवद्ध छन् भने केहि जनसंख्या व्यपार व्यसायमा पनि आवद्ध छन् । यस गाउँपालिकाकाे दक्षािणा भेगमा राजगढ बजार रहेकाे छ भने मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डागिबारी बजार रहेकाे छ । यस गाउँपालिका भित्र जम्मा १६ वटा सामुदायीक र १३ वटा संस्थागत विद्ययालय रहेका छन् भने ५ वटा स्वास्थ चाैकीहरु रहेका छन् । यस गाउँपालिका भित्र अवस्थित सामुदायीक र संस्थागत विद्यालयहरुले यस गाउँपालिका भित्रका बालबालिकाहरुलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएकाे छ भने यहाँ अवस्थित स्वस्थ चाैकीहरुले स्थानिय बासिलाई सर्वसुलभ तरिकाले औषाधि उपचारकाे व्यवस्था गरेकाे छ । यस गाउँपालिकाकाे यातायत गुरुयाेजनाले यस गाउँपालिका भित्र ३२५ वटा सडक खण्डहरु पिहचान गरेकाे छ । गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य राजमार्ग खण्ड सहित यस याेजनाले पहिचान गरेका कुल सडकहरु अन्तरगत ए क्लास ३१ किमी , बि क्लास ५२ किमी , सि क्लास ५३ किमी र डी क्लास २४८ किमी रहेकाे छ भने पहिचान गरेकाे कुल लम्वाई ३८४ किमी रहेकाे छ , जसमध्ये ६ किमी कालाे पत्राे , १२४ किमी ग्राबभेल र २५३ किमी धुले/कच्ची सडकहरु रहेका छन् । औद्याैगिक क्षेत्र हेर्ने हाे भने यहाँ घरेलु तथा साना उद्याेगहरु भने ज्यादै न्यून रहेकाे पाईन्छ ।