FAQs Complain Problems

बाह्रदशी गाउँपालिकाको परिचय

बाह्रदशी गाउँपालिका कोशी प्रदेश मेची अञ्चल झापा जिल्ला को दक्षिणी भेगमा अवस्थित रहेको छ । नेपाल सरकारको पछिल्लो राज्य पुनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ,चकचकी र डाँगीबारी लाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरण गरिएको हो । यसको भौगोलिक अवस्थालाई हेर्दा दक्षिणमा कचनकवल गाउँपालिका पूर्वमा हेर्दा हल्दिबारी गाउँपालिका उत्तरमा विर्तामोड र कनकाई नगरपालिका र पश्चिम मा हेर्दा झापा गाउँपालिकाको समथल भुमिसँग जोडिएको छ । यस गाउँपालिका समुन्द्र सतहबाट ७७ मिटर सम्मको उचाईमा अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ८०.०४ रहेको छ । भने कुल जनसंख्या ३७९४६ रहेको छ । यो गाउँपालिका ७ वटा वडामा विभाजन भएको छ । जसमा दक्षिण तिर राजगढ (१, २, ३) रहेको छन् भने मध्य भागमा चकचकी (वडा नं ४, ५) रहेका छन् त्यसै गरि उत्तरी भागमा डाँगीबारी (वडा नं ६,७) रहेका छन् । यस गाउँपालिका भित्र विभिन्न धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेको छ । दक्षिण भागमा आदिवासि जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भागमा भागमा अन्य जातिको बाहुल्यता रहेको छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशामा आवद्ध छन भने केहि जनसंख्या व्यापार व्यवसायमा पनि आवद्ध छन । यस गाउँपालिकाको दक्षिण भेगमा राजगढ बजार रहेको छ भने मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डाँगीबारी बजार रहेको छ । यस गाउँपालिका भित्र १ वटा सामुदायिक क्याम्पस, १६ वटा सामुदायिक विद्यालय र १३ वटा संस्थागत विद्यालय रहेका छन भने १ वटा आधारभूत अस्पताल रहेको छ भने २ वटा स्वास्थ्य चौकी साथै ५ वटा आधारभुत स्वास्थ्य चौकी रहेको छ । यस गाउँपालिका भित्र अवस्थित सामुदायिक र संस्थागत विद्यालयहरुले यस गाउँपालिका भित्रका बालबालिकाहरुलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएको छ भने यहाँका स्वास्थ्य चौकीहरुले स्थानीय बासिलाई सर्वसुलभ तरिकाले औषधि उपचारको व्यवस्था गरेको छ । यस गाउँपालिका यातायत गुरुयोजनाले यस गाउँपालिका भित्र ३२५ वटा सडक खण्डहरु पहिचान गरेको छ ।

//