FAQs Complain Problems

बाह्रदशी गाउँपालिका भित्र रहेकाे मन्दिर

Read More

बाह्रदशी डाँडा पर्यटकिय स्थल

Read More

बाह्रदशी गाउँपालिकाकाे परिचय

   

बाह्रदशी गाउँपालिका कोशी प्रदेश  मेची अञ्चल झापा जिल्ला को दक्षिणी भेगमा अवस्थित रहेकाे छ। नेपाल सरकारकाे पछिल्लाे राज्य पनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ , चकचकी र डागिबारी लाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरण गरिएकाे हाे । यसकाे भाैगाेलिक अवस्थालाई हेर्दा दक्षिणमा कचनकवल गाउँपालिका पूर्वमा हेर्दा हल्दिवारी गाउँपालिका उत्तरमा विर्तामाेड र  कनकाई नगरपालिका र पश्चिम मा हेर्दा झापा गाउँपालिकाकाे समथल भुमिसँग जाेडिएकाे छ । यस गाउँपालिका समुन्द्र सतहबाट ७७ मिटर देखी १२३  मिटर सम्मकाे उचाईमा अवस्थित  छ ।  यस गाउँपालिकाकाे कुल क्षेत्रफल  80.04 km2  रहेकाे छ भने कुल जनस‌ख्या ३९६२२ रहेको छ। याे गाउँपालिका ७ वटा वडामा विभाजन भएकाे छ । जसमा दक्षिण तिर राजगढ (वडा नं १,२,३) रहेका छन् भने मध्ये भागमा चकचकी (वडा नं ४,५ ) रहेका छन् त्यसै गरी उत्तरी भागमा डागिबारी (वाडा नं ६,७) रहेका छन् । यस गाउँपालिका  भित्र विभिन्न जातजाति र  विभिन्न धर्म सम्प्रदायका मानिसहरुकाे बसोबास रहेकाे छ । दक्षिण भागमा आदिवासि जनजातिकाे बाहुल्यता रहेकाे छ भने मध्य र उत्तरी भागमा अन्य जातिकाे बाहुल्यता रहेकाे छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशमा आवद्ध छन् भने केहि जनसंख्या व्यपार व्यसायमा पनि आवद्ध छन् । यस गाउँपालिकाकाे दक्षिण भेगमा राजगढ बजार रहेकाे छ भने मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डागिबारी बजार रहेकाे छ । यस गाउँपालिका भित्र जम्मा १६ वटा सामुदायीक र १३ वटा संस्थागत  विद्ययालय रहेका छन् भने ५ वटा स्वास्थ चाैकीहरु रहेका छन्  । यस गाउँपालिका भित्र अवस्थित सामुदायीक र संस्थागत विद्यालयहरुले यस गाउँपालिका भित्रका बालबालिकाहरुलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएकाे छ भने यहाँ अवस्थित स्वास्थ्य चाैकीहरुले स्थानिय बासिलाई सर्वसुलभ तरिकाले औषाधि उपचारकाे व्यवस्था गरेकाे छ  ।  यस गाउँपालिकाकाे यातायत गुरुयाेजनाले यस गाउँपालिका भित्र ३२५ वटा सडक खण्डहरु पिहचान गरेकाे छ । गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य राजमार्ग खण्ड सहित यस याेजनाले पहिचान गरेका कुल सडकहरु अन्तरगत ए क्लास ३१ कि‍मी , बि क्लास ५२  किमी , सि क्लास ५३  किमी र डी क्लास २४८ किमी रहेकाे छ भने पहिचान गरेकाे कुल लम्वाई ३८४  किमी रहेकाे छ , जसमध्ये ६ किमी कालाे पत्राे ,  १२४ किमी ग्राबभेल र २५३  किमी धुले/कच्ची सडकहरु रहेका छन् ।  औद्याैगिक क्षेत्र हेर्ने हाे भने यहाँ घरेलु तथा साना उद्याेगहरु भने ज्यादै न्यून रहेकाे पाईन्छ ।

Pages

जन प्रतिनिधि

उपाध्यक्ष
Phone:
9817973913
Email:
प्रवक्ता /वडा अध्यक्ष
Phone:
9804930445
Email:

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
Phone:
9852659111 (CAO)
सूचना अधिकारी/ सूचना तथा संचार प्रबिधि अधिकृत
Email:
Subedihimal21@gmail.com (IT Officer)
Phone:
9824002677