बाह्रदशी गाउँपालिका कोशी प्रदेश मेची अञ्चल झापा जिल्ला को दक्षिणी भेगमा अवस्थित रहेको छ । नेपाल सरकारको पछिल्लो राज्य पुनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ,चकचकी र डाँगीबारी लाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरण गरिएको हो । यसको भौगोलिक अवस्थालाई हेर्दा दक्षिणमा कचनकवल गाउँपालिका पूर्वमा हेर्दा हल्दिबारी गाउँपालिका उत्तरमा विर्तामोड र कनकाई नगरपालिका र पश्चिम मा हेर्दा झापा गाउँपालिकाको समथल भुमिसँग जोडिएको छ । यस गाउँपालिका समुन्द्र सतहबाट ७७ मिटर सम्मको उचाईमा अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ७८.४४ रहेको छ । भने कुल जनसंख्या ३७९४६ रहेको छ । यो गाउँपालिका ७ वटा वडामा विभाजन भएको छ । जसमा दक्षिण तिर राजगढ (१, २, ३) रहेको छन् भने मध्य भागमा चकचकी (वडा नं ४, ५) रहेका छन् त्यसै गरि उत्तरी भागमा डाँगीबारी (वडा नं ६,७) रहेका छन् । यस गाउँपालिका भित्र विभिन्न धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेको छ । दक्षिण भागमा आदिवासि जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भागमा भागमा अन्य जातिको बाहुल्यता रहेको छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशामा आवद्ध छन भने केहि जनसंख्या व्यापार व्यवसायमा पनि आवद्ध छन । यस गाउँपालिकाको दक्षिण भेगमा राजगढ बजार रहेको छ भने मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डाँगीबारी बजार रहेको छ । यस गाउँपालिका भित्र १ वटा सामुदायिक क्याम्पस, १६ वटा सामुदायिक विद्यालय र १३ वटा संस्थागत विद्यालय रहेका छन भने १ वटा आधारभूत अस्पताल रहेको छ भने २ वटा स्वास्थ्य चौकी साथै ५ वटा आधारभुत स्वास्थ्य चौकी रहेको छ । यस गाउँपालिका भित्र अवस्थित सामुदायिक र संस्थागत विद्यालयहरुले यस गाउँपालिका भित्रका बालबालिकाहरुलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएको छ भने यहाँ स्वास्थ्य चौकीहरुले स्थानीय बासिलाई सर्वसुलभ तरिकाले औषधि उपचारको व्यवस्था गरेको छ । यस गाउँपालिका यातायत गुरुयोजनाले यस गाउँपालिका भित्र ३२५ वटा सडक खण्डहरु पहिचान गरेको छ ।
वडा नं १ को परिचय
यो वडा न १ बाह्रदशी गाउँपालिका को सबैभन्दा दक्षिणा भागमा अवस्थित रहेको छ । यस गाउँपालिका मा मावेश गाविस : राजगढ(१,२,९) रहेका छन् । यसको क्षेत्रफल ९.४२(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ४५५१ रहेको छ । संञ्चालनका लागि हिमाली राजमार्गले जोडेको छ ।
वडा नं २ को परिचय
यो वडा न २ बाह्रदशी गाउँपालिका को दक्षिणा भागमा अवस्थित रहेको छ । यस गाउँपालिका मा समावेश गाविस : राजगढ(३,४,५)रहेका छन् । यसको क्षोत्रफल १४.८१ (वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ६२६४ रहेको छ ।
वडा नं ३ को परिचय
यो वडा न ३ बाह्रदशी गाउँपालिका को दक्षिणा भागमा अवस्थित रहेको छ । यस गाउँपालिका मा मावेश गाविस : राजगढ(६,७,८) रहेका छन् । यसको क्षेत्रफल ११.०३(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ६७४२ रहेको छ ।
वडा नं ४ को परिचय
यो वडा न ४ बाह्रदशी गाउँपालिका को मध्म भागमा अवस्थित रहेको छ । यस गाउँपालिका मा समावेश गाविस : चकचकी(१,३,८,९) रहेको छन् । यसकाे क्षेत्रफल ८.२२(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ४४४८ रहेको छ
वडा नं ५ को परिचय
यो वडा न ५ बाह्रदशी गाउँपालिका को मध्य भागमा अवस्थित रहेको छ । यस गाउँपालिकामा समावेश गाविस : चकचकी(४,५,६,७) रहेका छन् । यसकाे क्षोत्रफल १३.७७ (वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ७३०७ रहेको छ ।
वडा नं ६ को परिचय
यो वडा न ६ बाह्रदशी गाउँपालिका को उत्तरी भागमा अवस्थित रहेको छ । यस गाउँपालिका मा मावेश गाविस : डाँगीबारी (६,७,८) रहेका छन् । यसको क्षेत्रफल १२.३३ (वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ५३६० रहेको छ ।
वडा नं ७ को परिचय
यो वडा न ७ बाह्रदशी गाउँपालिका को सबैभन्दा उत्तरी भागमा अवस्थित रहेको छ । यस गाउँपालिका मा मावेश गाविस :डांगीवारी(१-४,९,५) रहेका छन् । यसको क्षेत्रफल ८.८७(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ३२७४ रहेको छ ।