FAQs Complain Problems

बाह्रदशी गाउँपालिका भित्र रहेकाे मन्दिर

Read More

बाह्रदशी डाँडा पर्यटकिय स्थल

Read More

बाह्रदशी गाउँपालिकाकाे परिचय

   

बाह्रदशी गाउँपालिका प्रदेश नं १ मेची अञ्चल झापा जिल्ला को दक्षािणा भेगमा अवस्थित रहेकाे छ। नेपाल सरकारकाे पछिल्लाे राज्य पनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ , चकचकी र डागिबारी लाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरणा गरिएकाे हाे । यसकाे भाैगाेलिक अवस्थालाई हेर्दा दिक्षाणा मा कचनकवल गाउँपालिका पूर्वमा हेर्दा हल्दिवारी गाउँपालिका उत्तरमा विर्तामाेड र  कनकाई नगरपालिका र पश्चिम मा हेर्दा झापा गाउँपालिकाकाे समथल भुमिसँग जाेडिएकाे छ । यस गाउँपालिका समुन्द्र सतहबाट ७७ मिटर देखी १२३  मिटर सम्मकाे उचाईमा अवस्थित  छ ।  यस गाउँपालिका काे कुल क्षेत्रफल  80.04 km2  रहेकाे छ भने कुल जनस‌ख्या ३९६२२ रहेको छ। याे गाउँपालिका ७ वटा वडामा विभाजन भएकाे छ । जसमा दिक्षाण तिर राजगढ (वडा नं १,२,३) रहेका छन् भने मध्ये भागमा चकचकी (वडा नं ४,५ ) रहेका छन् त्यसै गरी उत्तरी भागमा डागिबारी (वाडा नं ६,७) रहेका छन् । यस गाउँपालिका  भित्र विभिन्न जातजाति र  विभिन्न धर्म सम्प्रदायका मानिसहरुकाे बसोबास रहेकाे छ । दक्षािण भागमा आदिवासि जनजातिकाे बाहुल्यता रहेकाे छ भने मध्य र उत्तरी भागमा अन्य जातिकाे बाहुल्यता रहेकाे छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशमा आवद्ध छन् भने केहि जनसंख्या व्यपार व्यसायमा पनि आवद्ध छन् । यस गाउँपालिकाकाे दक्षािणा भेगमा राजगढ बजार रहेकाे छ भने मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डागिबारी बजार रहेकाे छ । यस गाउँपालिका भित्र जम्मा १६ वटा सामुदायीक र १३ वटा संस्थागत  विद्ययालय रहेका छन् भने ५ वटा स्वास्थ चाैकीहरु रहेका छन्  । यस गाउँपालिका भित्र अवस्थित सामुदायीक र संस्थागत विद्यालयहरुले यस गाउँपालिका भित्रका बालबालिकाहरुलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएकाे छ भने यहाँ अवस्थित स्वस्थ चाैकीहरुले स्थानिय बासिलाई सर्वसुलभ तरिकाले औषाधि उपचारकाे व्यवस्था गरेकाे छ  ।  यस गाउँपालिकाकाे यातायत गुरुयाेजनाले यस गाउँपालिका भित्र ३२५ वटा सडक खण्डहरु पिहचान गरेकाे छ । गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य राजमार्ग खण्ड सहित यस याेजनाले पहिचान गरेका कुल सडकहरु अन्तरगत ए क्लास ३१ कि‍मी , बि क्लास ५२  किमी , सि क्लास ५३  किमी र डी क्लास २४८ किमी रहेकाे छ भने पहिचान गरेकाे कुल लम्वाई ३८४  किमी रहेकाे छ , जसमध्ये ६ किमी कालाे पत्राे ,  १२४ किमी ग्राबभेल र २५३  किमी धुले/कच्ची सडकहरु रहेका छन् ।   औद्याैगिक क्षेत्र हेर्ने हाे भने यहाँ घरेलु तथा साना उद्याेगहरु भने ज्यादै न्यून रहेकाे पाईन्छ ।

Pages

जन प्रतिनिधि

उपाध्यक्ष
Phone:
9817973913
Email:
प्रवक्ता /वडा अध्यक्ष
Phone:
9804930445
Email:

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
Phone:
प्रशासकीय अधिकृत
Email:
Phone:
9851145197
सूचना अधिकारी/ सूचना तथा संचार प्रबिधि अधिकृत
Email:
Subedihimal21@gmail.com
Phone:
9824002677